चारवटा संसदीय समितिको बैठक आज बस्दै

मुख्य खबर NFM संवाददाता आइतवार भदौ १६, २०८१

संघीय संसद् अन्तर्गतका चारवटा समितिको बैठक आइतार बस्दैछ । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्ने बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची छ । आजै अर्थ समितिको बैठक बस्दैछ। समितिकै हलमा बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ९ बजे बस्नेछ । यता शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आइतबार बस्दैछ । दिनको १ बजे बस्ने बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।आजै राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बिहान ११ः३० बजे बस्ने बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ।

Leave a Comment