धुलिखेल देशकै पहिलो ‘स्वस्थ शहर’,एसियाको दोस्रो घोषणा

मुख्य खबर NFM संवाददाता बुधबार भदौ १२, २०८१

विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ शहर’ घोषणा गरेको छ। संगठनका प्रमुख डा. सुभाजी गुडले नेपालको पहिलो स्वस्थ सहर र एसियाको दोस्रो स्वस्थ सहर भएको घोषणा गरे। संगठनले तोकेका मापदण्ड पूरा गरी एसियाको दोस्रो र नेपालको पहिलो स्वस्थ शहर घोषणा भएको तथा पाँच हजार डलर पुरस्कार प्राप्त भएको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले बताए।  संगठनको मापदण्ड पूरा गरेर स्वास्थ्य क्षेत्रको नीतिगत सुधार, स्वास्थ्य क्षेत्रको दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोग अनि सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको प्राथमिक स्वास्थ्योपचारमा गरेको प्रगतिलाई आधार मानेर स्वस्थ शहर घोषणा गरिएको जनाइएको छ।

Leave a Comment