सरकार अहंकारका साथ गलत दिशामा अग्रसर : माओवादी अध्यक्ष प्रचण्ड

मुख्य खबर NFM संवाददाता मङ्लबार भदौ ११, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओली नेतृत्वको सरकार अहङ्कारपूर्ण र गलत बाटोतिर अग्रसर भएको निष्कर्ष निकाल्नुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो । सरकारमा सङ्ख्याको उन्माद देखिएको भन्दै अध्यक्ष प्रचण्डले जसको फलस्वरुप शक्तिको दुरुपयोगतर्फ अग्रसर भएको पनि बताउनुभयो । अब रचनात्मक खबरदारीका लागि ढिला गर्न नहुने ठानेर आफू हनिमुन अवधि पनि नपर्खी संसदको रोस्टममा खडा भएको प्रचण्डले बताउनुभयो ।

Leave a Comment