भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै बङ्गलादेश फाइनलमा

खेलकूद NFM संवाददाता सोमवार भदौ १०, २०८१

काठमाण्डौँ । साविक विजेता भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै बङ्गलादेश २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको दोस्रो सेमिफाइनलमा बङ्गलादेशले भारतलाई ४–३ ले हराएको हो । निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो ।
अब बङ्गलादेशले उपाधिका लागि पर्सि बुधवार नेपालसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा भुटानलाई हराउँदै नेपाल फाइलनमा पुगेको थियो । फाइनल खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ ।

Leave a Comment