रामेछापमा पहिरोमा परी ८ बेपत्ता, २ को शव फेला

Breaking NFM संवाददाता आइतवार भदौ ९, २०८१

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ लेकखर्कमा पहरोले पुरिँदा २ जनाको मृत्यु भएको छ। ८ जनाको अवस्था अज्ञात छ । गएरातिदेखि परेको अविरल वर्षापछि वडा नम्बर २ र ३ को सीमाक्षेत्र भएर पहिरो खसेको र तीनवटा घर बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश महतोले जानकारी दिनुभयो । वडा नम्बर ३ र २ को सिमानामा पहिरो जाँदा ३ वटा घर बगेका छन्। केही घरहरूमा क्षति पुगेको छ । अहिलेसम्म दुईवटा शव निकालिएको छ । त्यसमा १ जना बालक रहेका छन्। ८ जनाको अवस्था अज्ञात छ । १ जना बालकले भागेर ज्यान जोगाएका रहेछन् । उहाँका अनुसार घटनास्थलमा सुरक्षाकर्मी परिचालन भइसकेका छन् । अविरल वर्षातले वडा नम्बर २ र ३ को सीमा क्षेत्रमा पर्ने पक्की पुल पनि बगाएको स्थानीयले बताउनुभयो ।

Leave a Comment