साफ यु–२० च्याम्पियनसिप ः नेपालल सेमिफाइनलमा आज भुटानसँग प्रतिस्पर्धा गर्दै

खेलकूद NFM संवाददाता आइतवार भदौ ९, २०८१

काठमाडौं । घरेलु मैदानमा जारी साफ यु–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य बनाएको नेपाल समूह ए मा दुवै खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले दोस्रो खेलमा बंगलादेशलाई २–१ ले पराजित गरेको थियो । उता भुटान भने समूह बी को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । पहिलो खेलमा साविक विजेता भारतसँग १–० ले पराजित भए पनि दोस्रो खेलमा माल्दिभ्सलाई २–१ ले पराजित गरेपछि भुटान पनि भारतसँगै सेमिफाइनल पुगेको हो । समूह चरणमा नेपाल अपराजित रहँदा तीन गोल गरेको थियो भने एक गोल व्यहोरेको थियो । पहिलो खेलमा नेपालले श्रीलंकालाई पराजित गर्दा निराजन धामीले निर्णायक गोल गरेका थिए ।
दोस्रो खेलमा बंगलादेशविरुद्ध समिर तामाङले नेपालका लागि गोल गरेका थिए भने एक आत्मघाती गोल उपहार पाएको थियो । भुटानले दुई गोल गर्दा दुई गोल नै व्यहोरेको छ । भुटानी खेलाडीले दुवै खेलमा रातो कार्ड पाएको थियो । दुवै खेलमा भुटानका एक÷एक खेलाडीले रातो कार्ड पाएका थिए ।

 

Leave a Comment