प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गरिएको दायर रिटमा सुनुवाइ हुँदै 

मुख्य खबर NFM संवाददाता बिहिबार भदौ ६, २०८१
काठमाडौँ । प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा सुनुवाइ भइरहेको छ । हिजो प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै वरिष्ठ प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ जना प्रहरी अधिकारीले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । आज सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा उक्त रिटमाथि सुनुवाइ भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी किताब खाना समेतलाई विपक्षी बनाइ दायर भएको रिटमा प्रहरी सङ्गठनमा ३० वर्षे सेवा अवधि हटाउन माग गरिएको छ ।
नेपाल प्रहरीमा ९० जना अधिकारी यही भदौ १५ गतेदेखि ३० वर्षे सेवा अवधिसम्बन्धी प्रावधानका कारण अनिवार्य अवकाशमा जाँदै छन् । उमेर हद बाँकी नै रहे पनि सेवा अवधि ३० वर्ष पुगेका कारण अवकाशमा जानुपर्ने भएपछि उहाँहरूले सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।

Leave a Comment