काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक छिटो पारित गरिदिन आग्रह गर्नुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । गृहमन्त्रीले विधेयकमा संशोधन गर्ने वा छलफल गर्ने कुरा पहिचान भएको भन्दै अब टुङ्गोमा पुर्याउन समितिलाई आग्रह गर्नुभयो । विधेयकमा दफावार छलफल गरेर छिटो निर्णयमा पुग्न जरुरी भएको उहाँको भनाइ छ । तर विधेयक पारित गर्ने या नगर्ने समितिको अधिकार भएको मन्त्री लेखकले बताउनुभयो ।