काठमाडौँ । थाइल्यान्डको प्रधानमन्त्रीमा ३७ वर्षीया पाएटोङ्गटार्न सिनावत्रा निर्वाचित हुनुभएको छ । थाइल्यान्डको संसद्ले ३७ वर्षीया सिनावत्रालाई आज प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प नखोजे पछि फेउ थाई पार्टीले हिजो पाएटोङ्गटानलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन गरेको थियो ।
फेउ थाइ पार्टीले थाइल्यान्डको राजनीतिमा प्रभावशाली परिवार मानिने सिनावत्रा वंशका तेस्रो सदस्य पेटोङ्टार्नलाई प्रधानमन्त्री बनाउने निर्णय गरी संसदीय प्रक्रियामार्फत अनुमोदनका लागि आजै संसदमा प्रस्तुत गरेको थियो । थाइल्यान्डको संवैधानिक राजतन्त्रको इतिहासमा उहाँ सबैभन्दा कान्छी नेता हुनुहुन्छ ।