शेयर बजारमा आज झण्डै ३० अर्ब रुपैयाँको ऐतिहासिक कारोबार, तीन वर्षयताकै उच्च विन्दुमा

आर्थिक NFM संवाददाता बिहिबार साउन ३१, २०८१

काठमाडौँ ।  शेयर बजारमा आज झण्डै ३० अर्ब रुपैयाँको ऐतिहासिक कारोबार भएको छ । यसअघि गत सोमवार २७ अर्ब २४ करोड रुपैयाँको कारोबार भएकोमा आज २९ अर्ब ९५ करोड भन्दा धेरै रुपैयाँको कारोबार भएको हो । ६ करोड ८९ लाख  ८० हजार कित्ता शेयर २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै हिमालयन रि–इन्सुरेन्स कम्पनीको ९१ करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । यो सँगै आज नेप्से तीन हजार विन्दुमा पुगेको छ । नेप्से ४३ दशमलव शून्य पाँच अङ्कले बढेर तीन हजार दशमलव ८१ विन्दुमा पुगेको हो । दिउँसो साढे दुई बजे शेयर बजार तीन हजार ३६ विन्दुसम्म पुगेको थियो । बन्द हुने बेलामा भने तीन हजार विन्दुमा रोकिए पनि नेप्से आज झण्डै तीन वर्षयताकै उच्च विन्दुमा पुगेको हो ।
आज तीन वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन नेपाल फाइनान्सको शेयर भने १० प्रतिशतले ओरालो लागेको छ ।

Leave a Comment