शान्ति प्रक्रियालाई साझा उपलब्धिको रूपमा अघि बढाउने प्रधानमन्त्री ओलीको भनाइ

राजनीति NFM संवाददाता बुधबार साउन ३०, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई साझा उपलब्धिको रूपमा अघि बढाउने बताउनुभएको छ । आज प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले दिगो शान्तिको पक्षमा सबै दल सहमतीकासाथ अघि बढ्ने पनि बताउनुभयो ।

लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धा अनिवार्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । सरकार लोकतान्त्रिक प्रणाली, लोकतन्त्रको मूल्य मान्यता र जनताको हितमा समर्पित भएर काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । भ्रष्टाचार नियन्त्रण गरी सुशासन ल्याउनेमा कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो । लोकतन्त्रलाई जीवनपद्धतिको रूपमा अघि बढाउने कुरामा कसैको फरक विचार नहुनेमा आफ्नो विश्वास रहेको उहाँले बताउनुभयो ।

उहाँले सामाजिक मर्यादा, शिष्टताका सीमालाई, इमान र नैतिकताको बन्धन भत्काउने प्रवृत्ति देखिन थालेको बताउनुभयो । आफुहरुले रोजेर ल्याएको लोकतन्त्रविरुद्ध केही प्रवृत्ति बाहिर देखिन थालेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरूका लागि खुसीको विषय भएको बताउनुभयो ।

 

Leave a Comment