जसपा नेपालको नवगठित केन्द्रीय समितिको बैठक आजदेखि

मुख्य खबर NFM संवाददाता आइतवार साउन २७, २०८१

जनता समाजवादी पार्टी (जसपा), नेपालको नवगठित केन्द्रीय समितिको बैठक (आज)देखि सुरु हुँदै छ । आउँदो साउन ३० गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको संगठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार, वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल गरिनेछ । बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल गरिने जसपा नेपालले जनाएको छ । वर्तमान भूराजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध बैठकको कार्यसूची छ ।यस्तै, पहिचान र राष्ट्रियरजातीय मुक्तिको सबाल, समाजवादसम्बन्धी अवधारणा, जसपा नेपालको आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारणा तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल गरिनेछ । स्थानीय तह, प्रदेशसभा र संसद्मा पार्टीको भूमिका, पार्टी विस्तार तथा सुदृढीकरण कार्ययोजना सम्बन्धमा पनि छलफल गरिने जनाइएको छ ।

Leave a Comment