नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज शुक्रबार पत्रकार सम्मेलन गर्न लाग्नुभएको छ ।
आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा उहाँले प्राधिकरणमै पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । दिउँसो साढे १ बजे हुन लागेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे देखिएको विवादका साथै अन्य समसामयिक विषयमा आफ्नो धारणा राख्ने बताइएको छ ।
लेखा समितिले मागेको आधारमा हिजो बिहीबारमात्रै प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेका उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको विवरण बुझाएको थियो ।