अनेरास्ववियु आरआर क्याम्पस कमीटिले आयोजना गर्दै ‘दोस्रो अखिल आरआर भलिबल कप–२०८१’

खेलकूद NFM संवाददाता बुधबार साउन २३, २०८१

 

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) आर आर क्याम्पस कमीटीले ‘दोस्रो अखिल आरआर भलिबल कप–२०८१’ आयोजना गर्ने भएको छ । अनेरास्ववियु आरआर क्याम्पस कमीटीका अध्यक्ष लोकेश खड्काले हिजो पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी दिनुभएको हो ।

आउदो भदौ २६ गते देखि असोज ३ गतेसम्म अन्तर क्याम्पस तथा जिल्ला राष्ट्रिय स्तरको खुल्ला भलिबल प्रतियोगिता सञ्चालन गरिने उहाँले बताउनुभयो ।

प्रतियोगीतामा खेलाडीहरुलाई सिल्ड, मेडल र प्रमाण–पत्र सहित प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई लगातार २ लाख, १ लाख र ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगितको उदघाटन भदौ २६ गते बिहान १०ः०० बजे र समापन तथा पुरस्कार वितरण असोज ३ गते हुने क्याम्पस कमीटीका सचिव रोसन थापाले बताउनुभयो । खेलको प्रत्यक्ष प्रसारण पर्वत भलिवल युटुव च्यानल र बबिन गाहा युटुव च्यानलबाट हेर्न सकीने छ ।

भलिबललाई व्यावसायिकतातर्फ लैजान सहयोग पुग्ने भन्दै विद्यार्थीहरुलाई खेल प्रति आकर्षीत गर्नका लागि प्रतियोगिता आयोजना गरेको अध्यक्ष खडकाको भनाइ छ ।

प्रतियोगितामा सहभागि हुनका लागि टिम दर्ता शुल्क रु २० हजार मात्र निर्धारण गरिएको छ ।

Leave a Comment