राष्ट्रिय परीक्षा बोर्डले हिजो कक्षा १२ को नतिजा सार्वजनिक ग¥यो । तर नतिजा यस वर्षको एसइइ कै जस्तो आयो । ५० प्रतिशत विद्यार्थीले मात्रै माथिल्लो तह पढ्न पाउने भए । पछिल्ला वर्षहरुमा एसइइ र कक्षा १२ को नतिजामा खासै सुधार आउन सकेको छैन । यसलाई शिक्षा क्षेत्रका विज्ञलले आ–आफ्नै शैलीमा विश्लेषण गरेका छन् । यस वर्षको कक्षा १२ को नतिजाले राज्यको मेरुदण्ड मानिएको शिक्षा क्षेत्र खस्किंदै गएको प्रष्ट्याएको छ ।