सुदूरपश्चिम मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिँदैहुनुहुन्छ । प्रदेश सभाबाट विश्वासको मत लिने विषयको पत्र बुधबार सोडारीले प्रदेश सभा सचिवालय पठाउनुभएको थियो । मुख्यमन्त्रीको पत्रपछि उहाँले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ । संघमा कांग्रेस र एमालेको सरकार बनेपछि सुदूरपश्चिममा पनि एमालेले असार २० गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा पर्नुभएको थियो । यद्यपि मुख्यमन्त्री सोडारीले विश्वासको मत नपाउने निश्चित छ । किनकि उहाँसँग माओवादीका १०, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र १ स्वतन्त्र सांसद गरी १५ सांसदको मात्रै समर्थन छ । विश्वासको मत प्राप्त गर्न न्युनतम २७ सांसदको समर्थन आवश्यक रहन्छ ।