राष्ट्रपति पौडेल युरोप भ्रमण जाँदा झन्डै साढे दुई करोड खर्च 

राजनीति NFM संवाददाता बिहिबार साउन १७, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल युरोप भ्रमण जाँदा झन्डै साढे दुई करोड रुपैयाँ खर्च भएको छ । राष्ट्रपति पौडेल युरोप भ्रमण जाँदा २ करोड ४३ लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको हो । अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल २०८१ जेठ २९ गते स्वीट्जरल्यान्ड जानुभएको थियो ।  त्यस लगत्तै उहाँ जर्मनीको औपचारिक भ्रमणमा पनि जानुभएको थियो । दुई देशको भ्रमणका क्रममा नेपाल सरकारको झन्डै साढे २ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

Leave a Comment