काठमाडौं । काठमाडौं स्थित त्रिभुवन विमान स्थलमा जहाज दुर्घटनामा परेको छ । सौर्य एयरको जहाज प्राविधिक सहितको टोलीलिएर पोखरा जानलागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
सौर्य एयरको जहाज दुर्घटनामा परेको विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनु् भयो ।
कलसाइन अल्फाएमई रहेको जहाज दुर्घटनामा परेको जनाइएको छ । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ । सौर्य एयरका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार जहाजमा चालकदलका सदस्य र प्राविधिक रहेका थिए ।
सौर्य एअरलाइन्सको जहाज दुर्घटना
