बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनु भएको छ । दलका नेता लिला गिरीलाई चक्मा दिएर आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आचार्यलाई सोमबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
यसअघि संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने भएपछि उहाँले मुख्यमन्त्रीको कार्यालयमा पुगेर दाबी पेस गर्नुभएको थियो ।
आचार्यले मुख्यमन्त्रीमा दाबी पेस गर्दा संसदीय दलका नेता गिरी भने अनुपस्थित हुनुहुन्थ्यो । आचार्यलाई एमाले महासचिव शंकर पोखरेलको दवावमा मुख्य मन्त्री बनाइएको एमाले नेताहरुको भनाई छ ।
अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ ९१० बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमाले र नेपाली कांग्रेसका ५६ संसद छन् ।