नयाँ आर्थिक वर्षसँगै बजेट कार्यान्वयनमा

आर्थिक मङ्लबार साउन १, २०८१

आजदेखि नयाँ आर्थिक वर्ष २०८१/८२ शुरु भएको छ । आर्थिक वर्षको शुरुवातसँगै नयाँ बजेट पनि कार्यान्वयनमा आएको छ । सरकारले चालू आर्थिक वर्षका लागि गएको जेठ १५ गते १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो ।

जसअनुसार चालू खर्च ११ खर्ब ४० अर्ब ६६ करोड ९६१ दशमलव ३१ प्रतिशत, पुँजीगत खर्च तीन खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा तीन खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । गएको वर्ष कांग्रेसबाट अर्थमन्त्री रहेका डा. प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट घोषणा गर्नुभएको थियो तर माघ अन्तिममा १५ खर्ब ३० अर्ब बजेटको संशोधित खर्च अनुमान सार्वजनिक गरिएको थियो । बितेको आर्थिक वर्ष २०८०र८१ मा ८० प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार विनियोजित बजेटको ८० दशमलव ४५ प्रतिशत अर्थात् १४ खर्ब आठ अर्ब ९८ करोड रुपैयाँ मात्रै बजेट खर्च भएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा झन्डै २० अर्ब रुपैयाँ कम बजेट खर्च भएको छ ।

Leave a Comment