कोलोम्बो । कोलम्बो प्लानले मर्यादित महिनावारीका विषयलाई आफ्नो आगामी योजनामा राख्ने भएको छ । आफ्नो ७३औं बार्षिक उत्सवका अवसरमा कोलोम्बो प्लानले दक्षिण गोलार्धीय मर्यादित महिनावारी संजालसँग सहकार्य गरेर नेपालसहित सदस्यराष्ट्रहरुमा महिनावारीलाई मर्यादित बनाउने मुद्दामा काम गर्ने उद्घोष गरेको हो । सन् १९५१ मा स्थापना भएको कोलोम्बो प्लानमा नेपाल लगायत २८ राष्ट्रहरु सदस्य छन् । संस्थाको सचिवालय श्रीलंकाको कोलम्बोमा रहेको छ ।
कोलोम्बो प्लानका महासचिव डा. बेंजामिन रेयेसले महिनावारी विभेद विश्वभर रहेको र यो सबैको साझा मुद्दा भएकाले मिलेर मर्यादित बनाउनुपर्ने बताउनुभयो । ‘महिनावारी विभेद अन्त्य गर्ने र मर्यादित बनाउने पहल लैङ्गिक मामिला कार्यक्रमको पूर्वावलोकन अन्तर्गत लिइरहेका छौ’ डा. बेंजामिनले भन्नुभयो, ‘महिनावारी विभेद महिला अधिकारको उल्लंघन, लैंङ्गीग विभेदको एउटा रूप हो जुन प्रत्येक देशका महिलाहरूले भोगिरहेका छन्।’
कोलोम्बो प्लानको ७३औं उत्सव कार्यक्रममा विशेष सम्वोधन गर्दै अभिनता डा. राधा पौडेलले महिला समानता, शसक्तिकरण, वालविवाह अन्त्य जस्ता विषयमा कामगर्न थालेको बर्षौ भएपनि पाठ्यघर लिएर जन्मिएका आधाभन्दा बढी जनसंख्याको प्रत्यक्ष सवाल महिनावारी छुटेकाले सम्भव नभएको दावी गर्नुभयो । उहाँले सबै सवालमा जोडेर सबैको साझा मुद्दा बनाउन आह्वान गर्नुभयो ।
‘मर्यादित महिनावारी राजनीतिज्ञ, कुटनीतिज्ञ, अध्ययेता, एनजिओकर्मी, शिक्षाकर्मीसहित सबैको साझा सवाल र मुद्दा बन्नुपर्छ’ डा पौडेलले भन्नुभयो, ‘हामी सबैले सबै सवालसँग जोडेर क्रसकटिङका रुपमा महिनावारी विभेद विरुद्ध काम गर्यौ भने म मलाई विश्वास छ, धेरै विभेदहरु अन्त्य हुनेछन र लक्ष्य प्राप्तीमा सहज हुनेछ ।’
मर्यादित महिनावारी सम्बन्धि दुईवटा पुस्तक सार्वजनिक
वार्षिक उत्सवको अवसरमा, दक्षिण गोलार्धीय मर्यादित महिनावारी संजाल र कोलम्बो प्लानले मर्यादित महिनावारी प्रशिक्षण पुस्तिका (Training Manual on Dignified Menstruation) र महिनावारी कथा (Menstrual Story: An Anthology from Global South) विमोचन गरिएको थियो ।
नेपालका लागि श्रीलंंका र माल्दिभ्सका राजदूत बासु देव मिश्र, श्रीलंकाका लागि थाइल्याण्डका राजदूत पैतुन महापन्नापोर्न, कोलोम्बो प्लानका महासचिव डा. बेंजामिन रेयेस, दक्षिण गोलार्धीय मर्यादित महिनावारी संजालका सस्थापक डा. राधा पौडेलले सयुक्त रुपमा पुस्तकको विमोजन गर्नु भएको थियो ।
प्रशिक्षण पुस्तिकामा शिक्षा, स्वास्थ्य, राजनीति, संविधान, जलवायु परिवर्तन, यौन तथा प्रजनन स्वास्थ्य, अपांगता, विपद् महामारीसँग महिनावारी कसरी जोडिन्छ भन्ने जस्ता विषय समेटिएको छ । प्रक्षिण पुस्तिका महिनावारी सवालमा तयार भएको विश्वको पहिलो प्रशिक्षण पुस्तिका हो ।
महिनावारी कथा पुस्तकमा बंगलादेश, चीन, क्याम्बोडिया, कोस्टारिका, कोलम्बिया, मालावी, नाइजेरिया, फिलिपिन्स, श्रीलंका र बेलायत लगायतका महिला, किशोरी, यौनिक तथा लैङ्गीग अल्पसंख्यकले महिनावारी हुँदा भोगेका विभेदका कथाहरु समेटिएका छन् ।
कोलोम्बो प्लानको बार्षिक उत्सव कार्यक्रममा राजदुत, कुटनीतिज्ञ, सरकारी अधिकारी, अभियनता, नागरिक समाजका अगुवा, पत्रकार सहित विभिन्न देशका ८० भन्दा बढीको सहभागिता रहेको थियो ।