प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विदेश भ्रमणबारे जानकारी गराउन माग गरेको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको सुरुमै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ गश्हणमा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल प्रचण्डले पाँच दिन बितिसक्दा पनि कुनै जानकारी नदिएर संसद् प्रति अपमान गरेको भन्दै आपत्ति जनाएको छ ।
लेखकले यही बीचमा राष्ट्रपति समेत विदेश भ्रमणमा रहेक कुरा आफूहरुले पत्रिका पढेर थाहा पाएको भन्दै यसले संसदीय अभ्यासको उल्लंघन र अपमान भएको बताउनुभयो ।
आगामी बैठकमा दुवै भ्रमणमबारे जानकारी गराउनका लागि प्रमुख सचेतक लेखकले सभामुखबाट रूलिङको माग गर्नूभयो ।