आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको आजको खेलमा नेपाल पराजित भएको छ । नेपाली टोली बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा अलआउट हुनुअघि एक सय ६९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले भने २५.२ ओभरमै पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।
‘सुपर सिक्स’ चरणमा नेपाल र बंगलादेश दुबैले आफ्नो पहिलो खेल खेलेका हुन् । बंगलादेशको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना जिवितै छ भने नेपाल ‘सुपर सिक्स’ चरणमा पहिलो खेल खेल्नुअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।
‘सुपर सिक्स’ चरणको हिजो मंगलबार सम्पन्न खेलको नतिजापछि नेपाल उपाधि होडबाट बाहिरिएको हो । नेपालले दोस्रो खेल भारतसँग खेल्नेछ । आफ्नो दुबै खेलमा विजयी भए पनि नेपाली टोलीको चार अंकमात्र पुग्नेछ ।