नेपाल र भारतका दुई उच्च शिक्षालयवीच शैक्षिक सम्झौता

आर्थिक मङ्लबार माघ १६, २०८०

छिमेकी राष्ट्र भारतसँग नेपालको रोटी–बेटीको सम्बन्ध छ । यि दुई देशबिच नजिकैको छिमेकीको साइनो मात्रै होइन, बजारका हिसावले, श्रमका हिसावले वा अन्य धेरै किसिमले नजिक छ ।

यसैबिच नेपाल र भारतका दुई उच्च शिक्षालयहरूवीच शैक्षिक समझदारी भएको छ । नेपालको लिबर्टी कलेज र भारतको लीड कलेज अफ म्यानेजमेन्टबीच शनिबार समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा लिबर्टी कलेजका प्रमुख तथा कार्यकारी निर्देशक प्रदिप पराजुली र लीड कलेज अफ म्यानेजमेन्ट, भारतका अध्यक्ष तथा निर्देशक डा. थोमस जर्जले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतामा योजना अनुसार उद्यमशीलताको क्षेत्रमा विद्यार्थी आदानप्रदान, शिक्षक आदानप्रदान, विशेषज्ञ आदानप्रदान गरिने उल्लेख छ । यस्तै संयुक्त रुपमा अनुसन्धान, परियोजना कार्य, आकांक्षी उद्यमीहरूको क्षमता विकास सम्बन्धी तालिम, सेमिनार, सम्मेलन जस्ता विभिन्न कार्यक्रमहरू आयोजना गर्ने उल्लेख छ ।

दुई शैक्षिक संस्था बीच औपचारिक सम्बन्ध कायम गर्दै नेपालको नवपर्वर्तन विद्यार्थीहरूमा नवीनता र रचनात्मकता विकास गर्दै उद्द्मशिलताका लागि प्रेरित गर्न विभिन्न आदान–प्रदान, सहयोग, र अनुसन्धान क्षेत्रमा सहयोग गर्ने विश्वास लिएको छ ।

लिबर्टी कलेजका विद्यार्थी, शिक्षकसहितको १० सदस्यीय टोलीले लीड कलेज अफ म्यानेजमेन्ट, भारतको आयोजनमा भईरहेको राष्ट्रिय उद्यमशीलता सम्मेलन २०२४ मा सहभागीता जनाएको छ ।

Leave a Comment