गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ

समाज बुधबार माघ ३, २०८०

क्रिकेटर सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीया केशरमान राई रहेको प्रहरीको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले बताउनुभयो । उहाँका अनुसार, राईलाई पक्राउ गरेर विद्युतीय अपराध ऐन अनुसारको कसूरमा अनुसन्धान गर्न ७ दिन म्याद थप समेत भएको छ । पीडित गौशाला २६ को भन्दै तस्वीर राख्ने अन्यको समेत खोजी भइरहेको उहाँले बताउनुभयो ।

यसअघि यो विषयमा अनुसन्धान गरिदिन भन्दै ब्यूरोलाई पीडित गौशाला २६ ले उजुरी दिनुभएको थियो । जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई अघिल्लो साता ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो । त्यसपछि लामिछानेका समर्थकहरुले पीडित गौशाला २६ भन्दै विभिन्न तस्वीर र व्यक्तिगत विवरणहरु सार्वजनिक गराएका थिए ।

Leave a Comment