क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय

खेलकूद बुधबार पुस २५, २०८०

जिल्ला अदालत काठमाण्डौले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा आठ वर्ष कैद सजाय तोकेको छ ।

आज न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई आठ वर्षको सजाय तोकेको हो । यस्तै अदालतले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

२०७९ सालको भदौ ६ गते राति लामिछानेले जबरजस्ती करणी गरेको भन्दै एक युवतीले गएको भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् ।

लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । २०७९ सालको कात्तिक १४ गते जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएकोमा आज फैसला भएको हो ।

Leave a Comment