‘डिजिटल लेन्सबाट संसदीय रिपोर्टिङ’ कार्यशाला सम्पन्न

समाज NFM संवाददाता मङ्लबार पुस ३, २०८०

काठमाडौं ।  

संसदीय मामिलामा रिपोर्टिङ गर्ने पत्रकारहरुबीच डिजिटल लेन्सबाट संसदीय रिपोर्टिङमा सहयोगात्मक शिक्षा कार्यशाला सम्पन्न भएको छ । युएनडिपीको संसद सहयोग परियोजना र मिडिया फोरजीको सहकार्यमा भएको दुईदिने कार्यशालामा संसदका सवालाई कसरी नागरिकसँग जोड्ने ? कसरी डिजिटलको आँखाबाट हर्ने भन्नेमा छलफल भएको थियो । रिपोर्टिङ गर्ने तरिका, रिपोर्टिङ गर्दाका चुनौती, रिपोर्टिङका अहिलेका सवालका विषयमा पत्रकार हरीबहादुर थापाले जानकारी दिनुभयो ।

पत्रकार उमेश श्रेष्ठले संसदीय सवालाई कसरी डिजिटलका माध्यमसँग जोडेर डाटामा बाहिर ल्याउन सकिन्छ भन्ने केही तरिका सिकाउनु भएको थियो ।

संसद सहयोग परियोजनाका टिम लिडर दीलादत्त पन्तले संसदीय सवालाई कसरी नागरिकसँग जोड्ने र समाचार संकलनमा लैंगिक मुद्दा प्राथमिकतामा कसरी पार्न सकिन्छ भन्नेमा जोड दिनुभयो । पन्तले संसदीय रिपोर्टिङ गर्ने पत्रकारमा हुनपर्ने सीप र ज्ञानको बारेमा पनि प्रकाश पार्नुभयो ।

तालिममा संसदीय पत्रकारिताका आधारभूत पक्षहरू, राजनीतिक इतिहास र ज्ञान, मर्यादा, सम्बन्धलगायत विषयमा छलफल भएको थियो । कार्यशालामा करिब ३० जना संसदमा रिपोर्टिङ गर्ने पत्रकाहरको सहभागिता थियो । कार्यशालामा संसदको अनुभव र जानकारी भएका सहभागि पत्रकारबाटै अनुभव आदान प्रदान शैलीले सिकाईलाई थप बलियो बनाएको सहभागिहरुको प्रतिक्रिया थियो ।

Leave a Comment