सुर्तीजन्य पदार्थको बिक्री रोक्ने काठमाण्डौ महानगरको निर्णय कार्यान्वयन नहुने

बागमती शुक्रबार मंसिर २९, २०८०

उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री बितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।

श्रीराम टोवागो उद्योगले महानगरविरुद्ध दायर गरेको मुद्दामा आज उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलगेसम्म गएको मङ्सिर १२ गते महानगरले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

काठमाण्डौ महानगरले हिजो बिहीवारदेखि नै यसअघिको निर्णयअनुसार बजारमा सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाएको थियो ।

Leave a Comment