रेडियो कार्यक्रममा जोडिए १५ लाखभन्दा बढी मान्छे

राजनीति NFM संवाददाता मङ्लबार मंसिर २६, २०८०

नागरिकका समस्या समाधानका लागि नीति, विधि निर्माण गर्ने थलो संसद हो । त्यही संसदलाई नागरिकप्रति उत्तरदायी बनाउने अनि संसद र सांसदलाई सीधै जनतासँग जोड्ने उद्देश्यले संसदलाई रेडियोबाट सुनाउने गरि सुरु भएको थियो कार्यक्रम संसद र सांसद । सयुक्त राष्ट्रसंघीय कार्यक्रम युएनडिपी अन्र्तगगत संसद सहयोग परियोजनाको सहकार्यमा सुरु भएको रेडियो कार्यक्रमले २० ओटा श्रृखला तयार गर्दा बीस ओटा गम्भिर सवालमा बहस गरेको छ ।

विगतको संसदीय अभ्यासको सिकाई र आगामी संसदको कार्यभार तथा हिजोको सिकाईबाट अबको संसदलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयबाट सुरु भएको भएको कार्यक्रम संसद र सांसद संसदलाई जिम्मेवार बनाउने र नागरिकलाई संसदसँग जोडिरहने सेतु बनेको छ । सिंहदरबारभित्रबाट बहसबाट सुरुवात गरेर कार्यक्रमका लागि सभामुखदेखि सांसदहरुलाई प्रदेशका बस्तिदेखि भूकम्प प्रभावित क्षेत्रमा पुर्याएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले साच्चिकै रेडियो कार्यक्रमले संसद र जनतालाई जोड्ने काम गरेको बताउनुभयो । आफुले कार्यक्रम निरन्तर सुन्ने गरेको र संसद, सांसदप्रति नागरिकको अपेक्षा जानकारी हुने गरेको उहाँको भनाई छ ।

कार्यक्रममा शुसासनका मुद्दा उठे, संघ र प्रदेशमा छलफल हुँदै गरेको विधेयकमाथि बहस भए, संसदको खुलापन छलफलमा नागरिक जोडिए, सञ्चार र सांसदको समन्वयलाई प्रभावकारी बनाउने उपाय पनि खोजी गरियो । कयौ कार्यक्रम तत्काल नतिजामुखि भए केहीले भोलिको परिणामलाई हरेर काम गर्न सचेत बनायो । कर्णाली प्रदेशमा काठमाडौंबाट विज्ञसहित जोडेर विद्युत विधेयकमाथि गरिएको खुला बहसले प्रदेशसभाको अर्थ समितिलाई साच्चिकै छलफलको बाटो देखाएको थियो ।

व्यवस्थापिका संसदका  सांसद तारा लामा तामाङले यस्तो रेडियो बहस देशभरीका सबै रेडियोले आफै गरे साच्चिकै धेरै परिवर्तन हुने र सांसद, नेताहरुपनि सचेत हुने बताउनुभयो । एउटा कार्यक्रममा सहभागि भएपछि आफुले संसदको अध्ययन अनुसन्धानको विषयमा चासो राख्न्न थालेको बताउनुभयो ।

कार्यक्रममा विपद् व्यवस्थापन, लैङ्गिक हिंसा नियन्त्रणका लागि भएका पहल, प्राकृतिक स्रोतसाधनको उपयोग र दुरुपयोग हुनबाट जोगाउनका लागि भएका प्रयास, दिगो विकासका लक्ष्यको स्थानीयकरणका सवालहरु प्नि समेटिएका थिए । विषयबस्चु अनुसार संसद र सांसदलाई सहयोग पुग्नेगरि विज्ञको छनौट गरिएको थियो ।

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले आफुलाई जनताका बिचमा लगेर सुनुवाई गरेपछि जनता र सभामुख कार्यक्रम सुरु गर्न लागेको जानकारी दिनुभयो । यस्ता कार्यक्रमले संसदलाई खुला बनाउन, नागरिकलाई संसदसँग जोड्न ठूलो सहयोग गर्ने उहाँको भनाई छ ।

वागमती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईले प्रदेश र स्थानीयतहसँग संसदमा आउने विषयसँग समुन्वय गर्न आफुले सयन्त्र स्थापना गर्न लागेको जानकारी दिनुभयो । ‘हेटौडामा संसद र सांस्द कार्यक्रमको अन्र्तक्रियामा सहभागि भएपछि समुन्वयमा संसद धेरै पछाडी रहेछ भन्ने महसुस भयो, त्यसपछि मैले नयाँ पहलकदमी गरेको छु’ उहाँले भन्नुभयो ।

कार्यक्रम संसद र सांसदमा उठेका विषयवस्तुहरु सकभर मुलुकको जुनसुकै भूभाग, वर्ग, जाति समूदायका नागरिकका लागि उपयुक्त रहून भन्नेमा ध्यान दिइएको थियो । २० औं श्रृखला तयार भइसक्दा रेडियोको दावी मान्ने हो भने २ करोडभन्दा बढी मानिसलाई संसदबारे जानकारी दिन सकिएको छ । सामाजिक सञ्जालमार्फत १५ लाख मान्छे जोडिएका छन् । कार्यक्रममा डेडसय बढी सांसद ५ सयभन्दा बढी नागरिकको प्रत्यक्ष सहभागिता रहेको छ । यो कार्यक्रम सांसद र नागरिकलाई जोड्नेगरि निरन्तर जारी रहनेछ ।

 

 

Leave a Comment