सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज अहिलेसम्मकै उच्च तोलाको एक लाख २० हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अस्ति शुक्रवार प्रतितोला एक लाख १९ हजारमा कारोबार भएको सुनको भाउ आज तोलामा एक हजार ८ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभएको छ ।
आज चाँदीको पनि भाउ बढेको छ । चाँदी आज तोलाको एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।