प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पीडितलाई केन्द्रमा राखेर संक्रमणकालिन न्यायसम्बन्धी कानूनलाई राजनीतिक सहमतिका आधारमा टुङ्गोमा पुर्याइने बताउनुभएको छ ।
नेकपा एमालेले आज बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले उक्त विषयमा प्रमुख दलका नेताहरूसँगको छलफल सकारात्मकरुपमा अघि बढेको जानकारी दिनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफूले छलफल गरेको र छलफल सकारात्मक रहेको आफूले महसुस गरेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । उहाँले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन आफूहरू प्रतिवद्ध रहेको बताउनुभयो ।