कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको हो ।
उहाँले एमाले र कांग्रेसका एक–एक जनालाई मन्त्री बनाउनुभएको हो । जसअनुसार कार्कीको शपथपछि प्रदेश प्रमुखले शम्शेर राई र राम बहादुर रानाले पनि मन्त्रीको शपथ लिनुभएको छ । मगर एमाले र राई विद्रोही काँग्रेस सांसद हुन् ।
कार्की शनिबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँ कांग्रेसका ८ सांसदको विद्रोह र एमालेको सहयोगमा मन्त्री बन्नुभएको हो ।