बृहत रक्तदान कार्यक्रम सम्पन्न

समाज शनिबार अशोज २०, २०८०

काठमाडौँ । लाइन्स एन्ड लियो क्लब अफ काठमाडौं, युनिटी सर्कल डिस्ट्रिक, विष्णुदेवी युथ क्लव र विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समाज र हाम्रो मित्रता समुहले आज संयूक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।

चन्द्रागिरी नगरपालिका १५ स्थित बिष्णुदेवी मन्दिर परिषरमा भएको रक्तदान कार्यक्रमबाट ३९ पिन्ट रगत संकलन गरिएको लायन्सक्लवका कुमार अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी लाएन्स क्लब अफ ईन्टरनेशनलका परमेश्वर बराल तथा लाएन्स क्लब अफ ईन्टरनेशनलका पुर्ब गर्भनर मनिश्री रत्न बज्राचार्यको उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रममा स्थानियहरुको उत्साहजनक सहभागिता रहेको अधिकारीको भनाई छ ।

Leave a Comment