प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फिर्ता

बागमती शनिबार अशोज १३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीनको औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किनु भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत भदौ ३० गते अमेरिका प्रस्थान गर्नुभएको थियो ।

उतैबाट असोज ६ गते चीन पुग्नु भएका प्रधानमन्त्री दाहाल शनिबार चीनको छेन्दुबाट काठमाडौं फर्किनु भएको हो । प्रधानमन्त्री दाहाललाई त्रिभुवन विमानस्थलमा सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारीहरूले स्वागत गरेका छन् ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्रीले अमेरिकाका राष्ट्रपति जो बाइडेन र अरु देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । चीनमा रहँदा उहाँले चीनका राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नुभयो ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री ली छ्याङसँग नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय भेटवार्ता गर्नुभयो । भेटवार्तामा दुई देशबीच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

Leave a Comment