काठमाडौं । विश्वशान्ति दिवस तथा मानव धर्मका प्रणेता श्री सतपाल जी महाराजको ७३ औँ जन्मोत्सवको अवसरमा ७ सय १९ जनाले रक्तदान गरेका छन् ।
रक्तदान जीवनदान, आत्म ज्ञान अति महान्, सेवा गर्ने हाम्रो अभियानु भन्ने उद्घोषका साथ समितिले देशव्यापी रक्तदान आयोजना गरेको थियो ।
नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको रत्तदान कार्यक्रममा देशभर रहेका शाखा आश्रमहरूमा पनि रक्तदान गरेका छन् ।
मानव धर्म आश्रम गौशालामा १३५ , भेरी क्षेत्र आश्रम नेपालगंजको आयोजनामा दाङ र नेपालगंज आश्रम परिसरमा ११३ जनाले रक्तदान गरेका छन् ।
साथै लम्बीनी श्रेत्र आश्रममा ७८ जना, हरिवन क्षेत्र आश्रममा ७०, नारायणी क्षेत्र आश्रममा ५६, महाकाली क्षेत्र आश्रममा २४ जना, मेची क्षेत्र आश्रममा ५५ जना, नारायणघाट आश्रममा ५८ जना, हेटौडा अश्रममा ५६ जना, गाईघाटमा ३७ जना र चरिकोटमा ३७ जनाले रक्तदान गरेका छन् ।
जन्मोत्सवको अवसरमा समितिले तीन दशक देखि निरन्तर रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । यो बाहेक संस्थाले विभिन्न अवसर पारेर हरेक वर्ष देशैभरिका आश्रममा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।
संस्थाले गौशाला आश्रममा पावन जन्मोत्सव कार्यक्रमको पनि आयोजना गरेका छ । कार्यक्रममा बागमती प्रमुख महात्मा लता वाईजीले भक्तिको मार्गलाई जीवनमा अनुशरण गर्नुपर्ने बताउदै भिलीनीको जस्तो भक्ति जीवनमा अपनाउनुपर्ने बताइन् ।
भक्तिको मध्यमबाट जीवन सफल हुनुको साथै सच्चा गुरुलाई पनि प्राप्त गर्न सकिनेमा उनको जोड थियो ।