संविधान दिवसका अवसरमा ६ सय ७० जनाको कैद सजाय माफी

बागमती मङ्लबार अशोज २, २०८०

संविधान दिवसको अवसरमा ६ सय ७० जना कैदीको कैद कट्टा गरी सजाय माफी पाएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि बुधवारदेखि लागू हुने गरी ६ सय ७० जनाको माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाउको छ ।

भोलि संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संविधान दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

 

Leave a Comment