संसद र सञ्चारबीचको सहकार्यले मात्रै नागरिकका मुद्दा स्थापित गर्न सकिने

राजनीति आइतवार भदौ ३१, २०८०

हेटौडा । संसद र सञ्चारबीचको सहकार्यले मात्रै नागरिकका मुद्दा स्थापित गर्न सकिने सांसद, सञ्चारकर्मी र संसद सचिवालयका अधिकारीको साझा निस्कर्ष रहेको छ । संसद र संचार विषयमा २४ भदौ आइतबार वागमती प्रदेशको राजधानी हेटौडामा गरेको कार्यक्रममा सांसदहरुले सञ्चार र संसदबीच मुद्दामा सहकार्य हुनुपर्नेमा जोड दिए । संसद बलियो भयो भने मात्र नागरिक बलियो हुने भएकाले सञ्चार र सञ्चारको सहकार्यवीना नागरिकका मुद्दा स्थापित गर्न नसकिने उनीहरुको धारणा थियो ।

कार्यक्रममा माओवादीका प्रमुख सचेतक तथा वागमती प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले संसदले गरेका गतिविधी मात्रै सञ्चारले नागरिकमा बिचमा लैजाने गरेकाले अब नागरिकका मुद्दामा सहकार्य गर्नुपर्ने बताउनुभयो । ‘नागरिक संसदबाट के खोजिरहेका छन् ? सांसदले कस्तो कुरा उठाइदियो हुनथ्यो भन्ने चाहाना गरिरहेका छन् ? त्यस्ता कुरा पनि सञ्चारले ल्याीदिनुपर्यो, उहाँले भन्नुभयो, ‘सञ्चारले ल्याउका मुद्दा संसदमा पुगेभने फेरि नागरिककोमा जान्छ अनिमात्रै सही अर्थमा सहकार्य हुन्छ । ’

वागमती प्रदेशसभाका सदस्य एकलाल श्रेष्ठले वागमती प्रदेशसभामा छलफल नै कम हुने गरेको र भएका छलफलमा पनि सञ्चारसँग छलफल गरेर नागरिकका बिचमा जान नसकेको स्वकिार गर्नुभयो । उहाँले सञ्चार माध्यमले आलोचना मात्रै गर्ने गरेको तर सुझाव दिनेगरि समाचारहरु नआएको टिप्पणी गर्नुभयो ।

प्रदेशसभा सदस्य शुष्पा भुजेलले सञ्चार माध्यमले सांसदसँग सहकार्यगर्ने कुरामा निश्चित सांसदमात्रै राजेको जस्तो देखिएको बताउनुभयो । ‘सञ्चारले खबरदारी पनि गर्नुपर्यो र नयाँ सांसदका विषय नागरिकमैत्री छने भने स्थापित पनि गर्नुभयो, उहाँले भन्नुभयो, ‘सांसद भन्ने वित्तिकै ठूलो कद भएको, पुरुष राजनीतिज्ञमात्रै जस्तो बुझाई सञ्चार माध्यममा पनि छ । त्यसलाई चिर्नुपर्छ । ’
प्रदेशसभा सदस्य रुकु चौलागाईले महिला सांसदले बोलेका विषय र महिलाका मुद्दा सञ्चार माध्यममा आउन नसकेको गुनासो गर्नुभयो । प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, भुवनकेशरी श्रेष्ठ, उर्मिला कुमारीले संसद र सञ्चारको सहकार्यका लागि संसद सचिवालय पनि सोच्नुपर्ने र कार्यक्रम बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वागमती प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले संसद र सञ्चारको सहकार्य महत्वपूर्ण रहेकाले संसद सचिवालयले कार्यक्रम नै बनाउने प्रतिवद्धता जनाउनुभयो ।

सञ्चारकर्मीहरुले प्रदेशसभा सदस्यहरु हेटौडामा बस्न नचाहेको, संसद भएकाले बेलामात्रै आउने गरेको र आएपनि तत्काल गइहाल्ने गरेकाले सहकार्यबारे छलफल नै हुन नसकेको बताए । उनीहरुले संसदले सञ्चार माध्यमसँग सहयोग पनि नमागेको र सहकार्य पनि गर्न नसकेको गुनासो गरे ।
संसदीय रिपोटिङ बारे छलफल

कार्यक्रममा संसद र सञ्चारका विज्ञ राजेन्द्र फुयालले संसदीय रिपोटिङका विषयमा पज्ञकाहरुलाई सुसुचित गराउनु भएको थियो । संसद (संघीय संसद र प्रदेश सभा), संसदीय समिति, सचिवालय, सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दल, सांसद, प्रदेश सभा सदस्य र तीनका समग्र क्रियाकलाप जनचासो र सरोकारका विषय भएकाले सञ्चारको सहकार्य जुरीरहेको फुयालको तर्क थियो । संसदभित्र हुने प्रक्रिया, सांसदले गर्नैपर्ने काम, नागरिकको चासोका विषयलाई सञ्चारमाध्यमले जसरी उठाउनुपर्छ त्यसरी उठ्न नसकेको फुयालको भनाई थियो ।

संसदीय रिपोटिङ र सवालका विषयमा सञ्चारकर्मी र विज्ञ फुयालकाबीचमा अन्र्तक्रिया भएको थियो । कार्यक्रममा प्रदेशसभाका सदस्य, प्रदेशसभा सचिवालयका अधिकारी, पत्रकारसहित ३५ भन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रमका साझा निस्कर्ष
कार्यक्रममा सामुहिक छलफलबाट संसद र सञ्चारको सहकार्यका विषयमा साझा निस्कर्ष निकालिएको थियो ।
– सूचना संस्कृति र पारदर्शीताको थप प्रवद्र्धन गर्नुपर्ने देखिन्छ ।
– सचिवालयको दक्षता अभिवृद्धि र प्रेस मैत्री व्यवहार-वातावरण सिर्जनाका लागि थप प्रयास आबश्यक छ।
– न्यूनतम सुविधायुक्त सूचना कक्ष÷मिडिया सेन्टरको सञ्चालन, जहाँ नियमित पत्रकार सम्मेलनलगायतका कार्य हुन नसकेकाले त्यसमा जोड दिनुपर्छ ।
– अत्याधुनिक सूचना प्रविधिको अधिकतम प्रयोगका लागि प्रदेशसभा सचिवालयले ध्यान दिनेछ । उदाहारण : एकीकृत वेबसाइट निर्माण र प्रत्यक्ष प्रसारण ।
– प्रदेशसभाका सबै क्षेत्रमा सञ्चारकर्मीको व्यवस्थित र थप सहज पहुँच आवश्यक छ । सम्भावित कोसेढुङ्गा– लवि रिपोर्टिङ ।
– सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि संस्थागत सहयोग र सहकार्य । तालिम, अध्ययन भ्रमण आदिको ब्यवस्था मिलाउनु पर्ने देखिन्छ ।
– विशिष्टकृत समाचार क्षेत्रबारे आवश्यक सन्दर्भ सामग्री निर्माणमा सचिवालयले सञ्चारक्षेत्रलाई सघाउन नसकेकाले त्यसमा ध्यान दिनुपर्नेछ ।
– सूचना व्यवस्थापन, सम्प्रेषण र जनसम्पर्क जस्ता विषयमा सञ्चारकर्मीको विज्ञताको प्रयोग गर्न सकिनेछ ।
– पत्रकार आचारसंहिताको पूर्ण पालना र आत्मसमिक्षाको संस्कारपनि सञ्चार माध्यमले आत्मसाथ गर्नुपर्ने देखिन्छ ।

Leave a Comment