सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभालाई सम्बोधन गरेर असोज ५ गते न्युयोर्कबाटै चीन जानुहुनेछ । प्रचण्डले असोज ४ गते संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभालाई न्युयोर्कमा सम्बोधन गर्नुहुनेछ ।
प्रधानमन्त्रीको रूपमा प्रचण्डको यो तेस्रो चीन भ्रमण हो । यस भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । राष्ट्रको हितलाई प्राथमिकतामा राखेर सहमती तथा सम्झौता गर्नुपर्ने जानकारहरु बताउँछन् ।