संविधान सभा अध्यक्ष नेम्वाङको राजकीय सम्मानका अन्त्येष्टि

मुख्य खबर NFM संवाददाता बिहिबार भदौ २८, २०८०
काठमाडौं । बुवाको मुख हेर्नेदिन छोरो छोरी सकेसम्म टाढा टाढाबाट आएरपनि बुवाको मुख हर्ने र मिठो मसिनो खुवाउने गर्छन् । मिङ्सो नेम्वाङ र सुहाङ नेम्वाङले पनि बाबुवाको मुख त हेरे तर मरिसकेको अवस्थामा । अरु आफ्ना बुवाई मिठो खुवाएर खुसी बाडिरहेका बेला उनीहरु मृत बुवाको मुखमा आगो लगाएर दुःखी देखिन्थ्ये ।संविधान सभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपतिमा आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

नेम्वाङका दुई छोरा मिङ्सो नेम्वाङ र सुहाङले दगबत्ती दिएका हुन् । नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

नेम्वाङलाई अन्तिम बिदाइ गर्न पुशपतिमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका शीर्ष नेता तथा पार्टी नेता-कार्यकर्ता पुगेका थिए ।

पशुपतिमा फूलमालाले सजाइएको चितामा नेम्वाङको पार्थिव शरीर राखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूले नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले पशुपति आर्यघाटमा राष्ट्रिय झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । यसैगरी, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभयो ।

तस्बिर : मनोजरत्न शाही, केशब गुरुङ र सुजन गुरुङ/गोरखापत्र अनलाइइनबाट साभार


Leave a Comment