नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।
सर्वोच्च अदालतको परमादेशअनुसार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आज शुक्रवार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्की प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बन्नुभएको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आजै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कार्कीले एमालेका तिलकुमार मेन्याङ्वोलाई ऊर्जा, पाँचकर्ण राईलाई वन, एकराज कार्कीलाई भौतिक पूर्वाधार मन्त्री र सृजना राईलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
मुख्यमन्त्री कार्कीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।