चीनसँगको तातोपानी नाका आजदेखि मानव आवतजावतको लागि खुल्यो

आर्थिक शुक्रबार भदौ १५, २०८०

चीनसँगको तातोपानी नाका आज शुक्रबारदेखि मानव आवतजावतको लागि खुलेको छ ।

२०७२ सालको महाभूकम्प र त्यसपछिको कोरोना भाइरस महामारीका कारण तातोपानी नाका पूर्णरुपमा बन्द भएको थियो । दुवै देशले भूकम्पले क्षति पुगेको संरचना पुनर्निर्माण गरेपछि १४ जेठ २०७६ मा यो नाका वस्तु आयात निर्यातका लागि सञ्चालनमा आएको थियो ।

तर, कोरोनाभाइरस महामारी विश्वभर फैलिएपछि ११ चैत २०७६ मा नाका पुनः बन्द भएको थियो । कोभिड–१९ पछि नाका खुल्ने र बन्द हुने पटक–पटक भएपनि यात्रु आवतजावतका लागि नाका सञ्चालनमा आएको थिएन ।

सिन्धुपाल्चोकको भोटेकोशीका गाउँपालिकाका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर आज बिहान नाका खोलिएको हो ।

Leave a Comment