गाईजात्राको दिन यी मार्ग प्रयोग गर्न नपाइने

बागमती बुधबार भदौ १३, २०८०

गाईजात्रा हुने काठमाडौँको विभिन्न मार्गमा सवारी साधनलाई प्रवेशमा रोक लगाउने भएको छ।

काठमाडौं महानगरपालिकाले एक सुचना जारी गर्दै भोली बिहीबार र शुक्रबार दुई दिन हुने गाइजात्रामा जात्रा हुने मार्गहरूमा सबै प्रकारका सवारी साधनलाई निषेध गरिएको जनाएको छ ।

केलटोलबाट सुरु हुने जात्रा ईन्द्रचोक, मखन, हनुमानढोका दरबार परिसर, जैशिदेवल, मरू टोल, चिकँमुगल, ज्याबहाल, लगन चोक अघि बढ्ने छ ।

यसैगरि गोफल, ब्रम्हटोल, वन्डे, ह्युमत, जैशिदेवल, कोहिटि, भिमसेनस्थान, मरू टोल, प्याफल, ढोकाटोल, मुकुमबही, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, बाङ्गेमुढा, न्हैकन्तला असन कमलाछि भोताहिटि हुँदै असन पुगेर टुंगिनेछ।

यि क्षेत्रहरु भएर चल्ने सवारीले अन्य वैकल्पिक बाटो अपनाउनुपर्ने छ ।

Leave a Comment