प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सरकार सफल हुने बताउनुभएको छ । उहाँले संसदीय समिति बनाउँदा बनेको सहमतिको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताउनुभएको हो ।
आज मङ्गलवार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार फेल नखाएको र फेल नखाने जिकिर गर्नुभयो ।
उहाँले सरकार अंगकार गरेको सुशासन र समृद्धिको बाटोमा रहेको बताउनुभयो ।