नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रको अहिलेसम्म भएको विकास प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सम्भव भएको दावी गर्नुभएको छ ।
आज भरतपुर सबस्टेशन र हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले विद्युत् क्षेत्रको विकासमा प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता रहेको उललेख गर्नुभयो ।
उहाँले १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् रूपान्तरणकारी आयोजना र १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औपचारिक रूपमा प्राधिकरणलाई दिने कुरा सकारात्मक रहेको बताउनुभयो ।