राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
लामो समयदेखि संसद्को अवरोध नखुलेपछि राष्ट्रपति पौडेलले छलफलका लागि मंगलबार बिहान साढे ८ बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको उहँँका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो ।
यसअघि राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर्नुभएको थियो । यस्तै आइतबार साँझ उहाँले संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गर्नुभएको थियो ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवासँग राष्ट्रपति पौडेलले परामर्श गरेका थिए । संसद्को गतिरोध हटाउने विषयमा आइतबार नै प्रधानमन्त्री दाहालले राखेको सर्वदलीय बैठक निष्कर्षविहीन बनेको थियो ।
६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै गत साउन १० गतेदेखि लगातार संसद अवरोध गरिरहेको छ।