निःसुल्क एम्बुलेन्स तथा खानेपानीको व्यवस्था

बागमती बिहिबार साउन ३२, २०८०


काठमाडौं स्थित चन्द्रागिरी नगरपालिकामा लागेको मत्स्यनारायण मेलामा दर्शन गर्न सजिलो भएको भक्तजनहरुले बताएका छन् । अघिल्ला बर्षहरु भन्दा यसपटकको मेला व्यवस्थित भएको उनीहरुको अनुभव छ ।
मेलामा निशुल्क एम्बुलेन्सको समेत व्यवस्था गरिएको भन्दै मक्तजनहरुले खुशी व्यक्त गरे । मत्स्यनारायणको मेलामा लायन्स एन्ड लियो क्लब अफ काठमाडौं युनिटी सर्कल तथा लायन्स क्लब अफ काठमाडौं बिशाल बजारले मेलामा निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको थियो ।

मलमासको समयमा मात्र लाग्ने मत्स्यनारायणको मेला दर्शन गर्न आउनेहरुलाई स्वास्थ्य समस्या परेमा कोही अलपत्र पर्न नपरोस भनेर एम्बुलेन्सको व्यवस्था गरिएको युनिटी सर्कल प्रेसिडेन्ट कुमार अधिकारीले वताउनु भयो ।

त्यसैगरी चन्द्रागिरी नगरपालिका १५मा रहेको बिष्णुदेवी मन्दिरमा १ महिना सम्म भएको पुरुसोत्तम् महात्म्य तथा गङ्गा आरतिको लागि पनि लायन्स एन्ड लियो क्लब अफ काठमाडौं युनिटी सर्कलले शुद्ध पिउने पानी तथा स्वयंसेवकहरुको व्यवस्था गरेको थियो ।

सर्कलले काठमाडौमा विभिन्न स्थानमा पानी, एम्बुलेन्स,औषधी, शैक्षिक सामाग्री निःशुल्क वितरण गर्दै आएको छ ।

Leave a Comment