नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेको आरोपमा पक्राउ पर्नेको संखया ७ पुग्यो

मुख्य खबर शुक्रबार साउन २६, २०८०

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर डाक्टर बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाण्डौमा रहेको इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका सीआईबीले जनाएको छ ।

चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गएराति काठमाण्डौबाट पक्राउ गरिएको हो ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्युरोले अपरेसन चलाएको छ । सीआईबीले हिजो बिहीवार कांग्रेसका सांसद सुनीलकुमार शर्मासहित पाँचजनालाई पक्राउ गरेको थियो । यस प्रकरणमा अहिलेसम्म ७ जना पक्राउ परेका छन् ।

Leave a Comment