नेकपा माओवादी केन्द्रले तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले आज आइतबार केन्द्रीय समिति बैठकको समापन गर्दै अभियानका लागि आफूसहितका नेताहरुको जिम्मेवारी तोकिएको र सोहीअनुसार देशभरका वडातहसम्म परिचालित हुने बताउनुभयो ।
अभियानबाट एउटा पनि जनताको घर नछाड्ने र पार्टीलाई गति दिने बताउँदै उहाँले आफू पनि अभियानअन्तर्गत सात प्रदेशका ७ वडामा जाने उल्लेख गर्नुभयो ।
प्रचण्डले ७५३ वटै पालिकाको वडामा गएर काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन समेत दिनुभयो ।
यो सँगै काठमाडौंस्थित प्रज्ञाभवनमा पाँच दिनदेखि चलेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबार सकिएको छ ।