सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ ।
काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा सुरु भएको बैठकमा संगठनात्मक र राजनीतिक प्रतिवेदनमाथी छलफल र बहस हुनेछ ।
बैठकमा सरकारका कामको समीक्षालगायतका विषयमा पनि छलफल छ । यस अघि आज विहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी वैठकले केन्द्रीय समिति वैठकका एजेण्डा तय गरेको थियो ।
केन्द्रीय कमिटीबाट विधान संशोधन गर्ने निर्णय पनि पदाधिकारी बैठकले गरेको छ ।