कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

Breaking मङ्लबार साउन १६, २०८०

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त हुनुभएको छ ।

बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गर्नुभएका थापालाई आज (मङ्गलवार) प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गर्नुभएको हो ।

थापाले आफूलाई कांग्रेसका २९ जना, माओवादी केन्द्रका १३ जना, एकीकृत समाजवादीका चार जना र जनता समाजवादी पार्टीका एक जना गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै दाबी पेस गर्नुभएको छ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक छ । गठबन्धन दलसँग सभामुखबाहेक ४६ जनामात्रै सांसद भएपछि आजै सभामुख बाबुराम गौतमले राजीनामा दिनुभएको हो ।

मुख्यमन्त्रीमा नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनै पर्ने व्यवस्था छ ।

Leave a Comment